अर्थमन्त्रीको जर्जिया भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

नेपालभ्युज

अर्थमन्त्रीको जर्जिया भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । पछिल्लो पटक बसेका दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।

सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले सोमबार र फागुन २४ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

सोमबार बसेकाे बैठकले २०८१ बैशाख २० गतेदेखि २३ गते सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औं वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

शर्माले गणतन्त्र कोरियामा आगामी चैत २८ मा हुने २२ औँ नेशनल एसेम्ली इलेक्शनको पर्यवेक्षणमा निर्वाचन आयोग, नेपालका निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति दिएको पनि बताइन् ।

त्यस्तै, मन्त्रिपरिषद्का विभिन्न समितिहरु समेत बनाइएको छ । मन्त्री शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको बताइन् ।

आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई संयोजक तोकिएको पनि जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved