राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि दाहालको पोज (तस्वीर)

राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि दाहालको पोज (तस्वीर)

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकको मतविभाजन प्रक्रियाद्वारा उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दाहाल नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा अध्यक्षमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ जना सांसदहरूले मतदान गरे भने विपक्षमा १७ सांसद उभिए ।

बैठकको मत-विभाजन प्रक्रियामा ५६ जना सांसदहरूको उपस्थिति थियो । त्यसमा शर्माको पक्षमा १७ जना मात्रै सांसद देखिँदा विपक्षमा ३९ जना उभिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved