जसपा संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिने निर्णय लिने

नेपालभ्युज

जसपा संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिने निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो ।

सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार आजको बैठकले वर्तमान सरकारमा पार्टीको उपस्थितिका साथै सरकारलाई विश्वसको मत दिनेलगायत विषयमा निर्णय गर्नेछ ।

प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएको नेपाली कांग्रेसले सो मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले भोलि संसदबाट विश्वासको मत लिने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved