नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

नेपालभ्युज

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

टीकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक सोमबार दिउँसो कैलालीको टीकापुरमा बस्नेछ ।

बैठकमा सहभागी हुनका लागि पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरीलगायत पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरू टीकापुर आइसकेका छन् ।

बैठकमा निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएको, सङ्घीय तथा प्रादेशिक सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने प्रवक्ता दामोदर पण्डितले नेपालभ्युजसँग बताए ।

पार्टी नेतृत्वको विषयमा रेशम-रञ्जिताबीच खटपटसमेत सुरू भएको छ । यस विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता पण्डिले बताए । यसलाई आन्तरिकरूपमा टुङ्ग्याउने प्रवक्ता पण्डितले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved