बौद्धनाथ क्षेत्रमा ग्याल्पो ल्होसारको रौनक (तस्वीरहरु)

बौद्धनाथ क्षेत्रमा ग्याल्पो ल्होसारको रौनक (तस्वीरहरु)

काठमाडौँ। हरेक वर्ष फाल्गुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदाय तथा हिमाली जिल्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बीले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी देसभर मनाइँदैछ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१५१ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । मुसाबाट सुरु हुने वर्षहरू बँदेल (बराह) वर्षमा पुगेर सकिन्छ ।

यो पाली खरायो बर्ष सकिएर ड्रागन वर्ष सुरु हुँदैछ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म यो पर्व मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ-आफ्नो घर रङ्गाउने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन्।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसारका नाममा यो पर्व मनाउँने गरेका छन्।

हेर्नुहोस् ग्याल्पो ल्होसारका अवसरमा बौद्धनाथ क्षेत्रमा देखिएको रौनक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved