के शिल्पाले पैसाका लागि राज कुन्द्रासँग विवाह गरेकी थिइन् ?

नेपालभ्युज

के शिल्पाले पैसाका लागि राज कुन्द्रासँग विवाह गरेकी थिइन् ?

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी सधैं मन खोलेर आफ्नो कुरा राख्न रुचाउने अभिनेत्रीमा पर्छिन् । हालै मात्र दिएको एक अन्तरवार्तामा उनले भनेकी छन्, ‘जब मेरो विवाह राज कुन्द्रासँग भएको थियो त्यतिबेला निकै ट्रोल गरिएको थियो ।’

शिल्पाले भनिन्, “जब मैले विवाह गरे त्यतिबेला राज ब्रिटिश इन्डियन्समा सबैभन्दा धनी व्यक्ति थिए । त्यो पनि गुगलको हिसाबमा । तर, मानिसहरुले कतै न कतै मलाई खोज्न बिर्सिए । उनीहरुले मलाई गुगलमा खोजेनन् । न त यो देखे त्यतिबेला राजभन्दा धेरै चर्चित म थिएँ । आर्थिक रुपमा सफल थिएँ । अहिले मेरो सफलता अझै बढेको छ ।”

शिल्पाको भनाईअनुसार जब मानिस सफल भएर एउटा स्थानमा पुग्छ उसले त्यही अनुरुपको आफ्नो जीवनसाथीबाट पनि अपेक्षा गर्छ । दुबैको जीवनशैलीमा धेरै अन्तर नभएको नै राम्रो मानिन्छ । यदी त्यसो भएन भने घरमा झगडा सुरु हुन थाल्छ ।

उनले अगाडि भनिन्, “त्यो समयमा कैयौं व्यक्ति त्यस्ता पनि थिए जो राजभन्दा धेरै पैसा भएका थिए र मसँग विवाह पनि गर्न चाहन्थे । जब हाम्रो विवाह भएको थियो राज एउटा राम्रो स्थानमा थिए । सायद हामी दुबैको साथ भगवानले लेखेको थियो ।”

शिल्पाले अन्तरवार्तामा राजप्रति उनको पैसाले नभएर उनको व्यक्तित्वले आकर्षित गरेको बताइन् । साथमा उनले अहिले आफ्ना साथीहरु राजका पनि साथी भएको बताइन् ।

अहिले पनि शिल्पाले आफ्नो कर आफैँ तिरेकी छन् र उनले कमाई पनि आफै गरिरहेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved