यी तीन भिटामिनले बढाउँछन् उमेर, जान्नुहोस सय वर्ष बाँच्ने टिप्स

नेपालभ्युज

यी तीन भिटामिनले बढाउँछन् उमेर, जान्नुहोस सय वर्ष बाँच्ने टिप्स

लामो उमेर बाँच्न स्वस्थ रहन जरुरी हुन्छ । यदि तपाईं कुनै रोगले ग्रसित हुनु भएन भने मात्रै स्वस्थ तथा लामो जीवन जिउन सक्नुहुन्छ ।

यहाँ हामी त्यस्ता केही भिटामिनन्सको बारेमा बताउन गइरहेका छौं जो लामो उमेरका लागि एकदमै आवश्यक हुन्छ । किनकी यीनले तपाईंलाई स्वस्थ राख्छन् ।

भिटामिन डीलाई सनसाइन भिटामिन पनि भनिन्छ । भिटामिन डीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, हड्डीलाई स्वस्थ र मुडलाई राम्रो बनाउने काम गर्छ ।

भिटामिन डीको प्रर्याप्त मात्राले क्यान्सर, अटोइम्यून डिजिज र हृदय रोग जस्ता ज्यान लिने रोगको जोखिम कम बनाउँछ । सूर्यको किरणले शरीरमा यो भिटामिन बनाउन सहयोग गर्छ । माछा तथा माछाको तेल यसको राम्रो स्रोत मानिन्छ । त्यस्तै अन्डा, पनिरमा पनि यसको थोरै मात्रा पाइन्छ ।

एन्टीअक्सीडेन्ट गुणले भरपूर भिटामिन सीले इम्युनिटी बढाउँछ र रक्तकोषिकामा हुने समस्याबाट बचाउँछ । यसले कोलेजन निर्माण गर्नुका साथै यो आइरनलाई अवशोषण गर्न पनि सहयोगी हुन्छ ।

प्रर्याप्त मात्रामा भिटामिन सीको सेवनले हृदय रोग, कयौं प्रकारका क्यान्सर र उमेर बढ्दै जाँदा देखिने लक्षण कम हुन्छन् । ब्रोकाउली, भेँडे खुर्सानी, किवी, अमला, सुन्तला तथा अमिला फलमा भिटामिन सी प्रसस्त पाइन्छ ।

शक्तिशाली एन्टीअक्सीडेन्ट गुणले भरपूर भिटामिन ई शरीरमा हुने तनाव तथा सुन्निएको रोक्न सहयोगी हुन्छ । यसले छालालाई स्वस्थ बनाउनुका साथै इम्यूनिटी पनि बढाउँछ । मेवा, बीजहरु, पालक, वनस्पती तेल र अनाजमा यो भरपूर मात्रामा हुन्छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved