होटल सञ्चालिका अनिताको हत्या आरोपमा पति शंकाको घेरामा तानिए

नेपालभ्युज

होटल सञ्चालिका अनिताको हत्या आरोपमा पति शंकाको घेरामा तानिए

काठमाडौं । सिराहाको गोलबजारमा शनिबार राति होटल सञ्चालक एक महिलाको हत्यामा उनकै पति शंकाको घेरामा परेका छन् । अनुसन्धानका लागि प्रहरीले उनका पतिसहित अन्य चार जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गसँगै रहेको गोलबजार नगरपालिका– ६ मा होटल सञ्चालन गर्दै आएकी ३२ वर्षीया अनिता कुमारी साहको शनिबार मध्यराति हत्या भएको थियो ।

अनुसन्धानका लागि अनिताका पति महेन्द्रकुमार साहसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्ररही उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए । प्रहरीले मृतक महिलाका पति महेन्द्रसहित दुई पुरुष र दुई महिलालाई नियन्त्रणमा लिएको हो ।

अनिताको शव पोस्टमार्टमका लागि धरान लगिएको छ ।

गाेलबजारमा होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या, ४ जना पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved