दुनियाँको त्यस्तो गाउँ जहाँ होचो कद भएका मात्र जन्मिन्छन्, वैज्ञानिकले पनि सुल्झाउन सकेनन् रहस्य

नेपालभ्युज

दुनियाँको त्यस्तो गाउँ जहाँ होचो कद भएका मात्र जन्मिन्छन्, वैज्ञानिकले पनि सुल्झाउन सकेनन् रहस्य

एजेन्सी । आमरुपमा मानिसको पहिचान उनीहरुको जिउडाल तथा उचाईले हुने गर्छ । कोही एकदमै अग्ला हुन्छन् भने कोही होँचा ।

तर, तपाईंले सुन्नुभएको छ संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ सामान्य भन्दा एकदमै छोटो कद भएका व्यक्तिहरु मात्र जन्मिन्छन् । वैज्ञानिकले पनि अहिलेसम्म यसको रहस्य पत्ता लगाउन सकेका छैनन् ।

हाम्रो छिमेकी देश चीनको शिचुआन प्रान्तको सुदुरको एउटा गाउँ यांग्सी, जहाँ ५० प्रतिशत मानिस होँचा छन् । तपाईं थाहा पाएर अचम्म मान्नुहोला यस गाउँका ८० मध्ये ३६ जना व्यक्तिको लम्बाई मात्र २ फिट एक इन्चदेखि लिएर ३ फिट १० इन्च मात्र छ । त्यसैले यो गाउँलाई संसारभरकै होँचा व्यक्तिहरुको गाउँ भनेर चिनिन्छ ।

वैज्ञानिकहरु विगत ६७ वर्षदेखि यसको कारण जान्ने कोसिस गरिरहेका छन् । तर, अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन । पहिला यो गाउँका मानिस एकदमै सामान्य थिए ।

बुढापाकाहरुको भनाई अनुसार कैयौं दशक पहिले यो प्राप्तमा एउटा खतरनाक बिमारी फैलिएको थियो । त्यसपछि यस गाउँका बच्चाहरुको लम्बाई एउटा समयपछि रोकियो ।

स्थानीय व्यक्तिका अनुसार सन् १९११ देखि यहाँ होँचा व्यक्तिहरु देखिन थालेका हुन् तर आधिकारिक रुपमा यस खतरनाक रोगको थाहा भने सन् १९५१ मा गएर पत्ता लाग्यो ।

जब सन् १९८५ मा जनगणना भयो त्यतिबेला यस गाउँमा करीब एक सय बीस जना होँचा व्यक्ति फेला परेका थिए । यसको पछाडिको रहस्य भने अहिले पनि पत्ता लागेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved