पूर्वमन्त्री किरातीको दाबी : म बेदाग भएर मन्त्रालयबाट निस्किएँ

नेपालभ्युज

पूर्वमन्त्री किरातीको दाबी : म बेदाग भएर मन्त्रालयबाट निस्किएँ

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफुमाथि कुनैपनि दाग नलागेको दाबी गरेका हुन् ।

उनले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए ।

एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको किरातीले बताए । उनले मन्त्रीको रुपमा रहँदा आफु कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताए ।

प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनको भनाई छ ।

पूर्वमन्त्री किरातीले सरकारले विश्वासको मत पाउने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved