नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमले पाएनन् वैधानिकता

नेपालभ्युज

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमले पाएनन् वैधानिकता

काठमाडौं । पार्टीको महाधिवेशनबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष निर्वाचित भएका रेशम चौधरीले वैधानिकता नपाउने भएका छन् ।

उनलाई निर्वाचन आयोगले पार्टीको अध्यक्षमा वैधानिकता नदिएको हो । यससँगै पार्टी अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी नै कायम हुने भएकी छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पार्टी अध्यक्षमा निर्वाचित रेशमको अध्यावधिक गर्न नमिलेको हो ।  नेपालभ्यूजसँग उनले भने, “विधानको संशोधनको अभिलेख अद्यावधिक गर्न मिलेन ।”

वैधानिकता दिन किन मिलेन ? भन्ने सन्दर्भमा आयोगले भनेको छ, “राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दलको साविकको विवरण नै कायम रहेकाले ऐ. नियमावलीको नियम २५ को उपनियम (६) बमोजिम सोको जानकारी सम्बन्धित दललाई गराउने ।”

अयोग्य व्यक्तिलाई योग्य व्यक्तिसरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरेको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको भन्दै उन्मुक्तिलाई प्रतिकूल कार्य नगर्नसमेत आयोगले सचेत गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved