सुनको मूल्यले बनायो अर्को रेकर्ड, चाँदी भने ५ रुपैयाँले घट्यो

नेपालभ्युज

सुनको मूल्यले बनायो अर्को रेकर्ड, चाँदी भने ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि अर्को रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर पहेलो धातु महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ७० रुपैयाँ तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved