मन्त्रीबारे टुंगो लगाउन जसपाको बैठक बस्दै

नेपालभ्युज

मन्त्रीबारे टुंगो लगाउन जसपाको बैठक बस्दै

काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ८ बजे बैठक बस्ने पार्टीका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ । जसपाले मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा निरन्तरतालाई दबाब दिदै आएको छ ।

मधेस सरकारका विषयमा कुरा नमिल्दा जसपाले बुधबार आफ्नो तर्फका मन्त्री पठाएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved