अम्बानीको पार्टीमा खाली हात पुगेर फर्किए तीन खान

नेपालभ्युज

अम्बानीको पार्टीमा खाली हात पुगेर फर्किए तीन खान

एजेन्सी । अम्बानी परिवारको कान्छो छोरा अनन्त अम्बानीको विवाह छिट्टै हुँदैछ । विगत केही दिन अनन्त र राधिकाको भव्य प्री वेडिंग सेलिब्रेशन भयो ।

उच्च प्रोफाइलका पाहुनाको उपस्थितिमा तीन दिनसम्म भव्य कार्यक्रम भए । ति कार्यक्रममा सजावट, बत्ती, फूल सबै एकदमै माथिल्लो स्तरका थिए ।

तर, के तपाईंलाई थाहा छ अम्बानीको यो भव्य पार्टीमा बलिउडका तीन खान खाली हात नै पुगे । शाहरुख, आमिर र सलमान कसैले पनि कुनै उपहार लगेनन् ।

यस्तो मिडियाले भनेको खबर नभएर तीन जना खानले नै कार्यक्रममा ठोकुवा गरेका हुन् । एउटा भिडिओ आएको छ जसमा आमिरले भनेका छन् कि पार्टीमा उपहार ल्याउन प्रतिबन्ध गरिएको थियो ।

सलमान–शाहरुखले स्टेजमा आमिरलाई बोलाउँछन् । मिस्टर परफेक्शनिस्ट आमिरले अनन्त राधिकाको नयाँ जीवनको सुरुआतका लागि बधाई दिन्छन् । त्यतिबेलै शाहरुखले भन्छन् सबैले बधाई दिइरहेका छन् तर, उपहार कसैले लिएर आएनन् । यो सुनेर सबै पाहुना हाँस्न थाल्छन् ।

त्यसपछि सलमानले भन्छन्, हामी दुई जनाले उपहार ल्याएनौं । तर, अनन्तले धेरै आर्शिवाद पाइसके । उपहार पाइएन । उनलाई उपहार चाहियो ।

आमिर खानले फेरि आफूले पनि केही उपहार नल्याएको बताए । किनकी उनलाई भनिएको थियो उपहार चाहिएन्, मात्र आर्शिवाद चाहियो ।

शाहरुख, सलमान र आमिरले कार्यक्रममा नाचेर रमाइलो समेत गरे । तीन जना खानलाई एक साथ देखेर प्रसशंक पनि खुशी भएका छन् ।

उनीहरुले कार्यक्रममा उपस्थितिका लागि कुनै पारिश्रमिक लिए नलिएकोबारे भने खुल्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved