कर्णाली प्रदेशमा कांग्रेसका तीन मन्त्रीले राजीनामा दिदैँ

नेपालभ्युज

कर्णाली प्रदेशमा कांग्रेसका तीन मन्त्रीले राजीनामा दिदैँ

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सामेल नेपाली कांग्रेसका तीन जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका हुन्।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार बिसीले मन्त्री पदबाट राजीनामा दिन लागेका छन् ।

सोमबार नै मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा बुझाउने तयारी भइरहेको कांग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले बताए ।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्न लागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved