नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ

नेपालभ्युज

नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौं । चकलेट दिएर नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख घर भई गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनार रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

घटना पुस १२ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ शिवपुरी चोकमा भएको हो ।

पीडित नाबालिगले पिसाब फेर्न गाह्रो भएको कुरा आमालाई बताएपछि घटना बाहिर आएको हो । कोही नभएको मौका छोपी युवकले चकलेट दिएर ललाईफकाई शौचालयमा लगेर करणी गरेको पीडित नाबालिगले प्रहरीमा भनेकी छन् ।

पीडितको स्वास्थ्य जाँच परीक्षणमा पनि संवेदनशील अंगमा घाउ देखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले घटनाबारे अनुसन्धान गरेर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिसकेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved