अनन्त राधिकाको प्री वेडिंगमा सलमानले कति रकम लिए ?

नेपालभ्युज

अनन्त राधिकाको प्री वेडिंगमा सलमानले कति रकम लिए ?

एजेन्सी । अनन्त अम्बानी र राधिका मर्चेन्टका प्री वेडिंग कार्यक्रम गुजरातको जामनगरमा भएका छन् । ति कार्यक्रममा बिल गेट्स, मार्क जुकरबर्ग जस्ता कयौं चर्चित देशी तथा विदेशी व्यक्तिले सहभागिता जनाए ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्री वेडिंग कार्यक्रममा थुप्रै सेलिब्रेटीले प्रस्तुती पनि दिएका छन् । अहिले यो विवाह भारतीय मनोरञ्जनको दुनियाँमा चर्चाको विषय बनिरहेको छ ।

बलिउडका भाईजान सलमान खानले पनि अनन्त राधिकाको कार्यक्रममा भाग लिए । जहाँ उनले केहीबेर आफ्नो प्रस्तुती दिएका छन् । यसका लागि उनले करोडौं रकम लिएका छन् ।

सन् २०१३ मा अम्बानीको कार्यक्रममा प्रस्तुती दिएबापत सलमान खानले ३.५ करोड रुपैयाँ पारिश्रमिक लिएका थिए । यसरी नै अहिले अनन्त र राधिकाको प्री वेडिंग कार्यक्रममा पनि उनले नृत्य गरेका छन् ।

यस कार्यक्रमका लागि सलमानले लिएको पारिश्रमिकबारे कुनै खुलासा भएको छैन । तर, यो रकम पहिलेको भन्दा धेरै रहेको भारतीय संचारमाध्यमले दाबी गरेका छन् ।

अनन्त अम्बानी र राधिका मर्चेन्ट यही वर्ष जुलाई महिनामा विवाह बन्धनमा बाँधिन लागेका छन् । त्यसअघि भएका कार्यक्रममा पैसाको खोलो बगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved