नयाँ गठबन्धन बनेसँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

नेपालभ्युज

नयाँ गठबन्धन बनेसँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी
फाइल तस्वीर

काठमाडौं । नयाँ सत्तागठबन्धन बनेसँगै प्रदेशमा सरकार परिवर्तनको तयारी समेत बनेको छ । सत्ता परिवर्तनले कोशी र गण्डकीमा राजनीतिक संकट चुलिने सम्भावना उच्च रहँदा नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा भने मुख्यमन्त्रीको दाबी गरेको छ ।

नेकपा एमालेसहित बनेको नयाँ गठबन्धनको बालुवाटारमा बसेको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा अध्यक्ष रेशम चैधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका हुन्।

सोमबार नै सानो आकारको मन्त्रिमण्डल गठन हुने जानकारी दिँदै उनले उन्मुक्ति भने सामेल हुने नहुने बारे निर्णय भइनसकेको बताए । यद्यपि गठबन्धनप्रति भने सकारात्मक रहेको उनको भनाइ थियो ।

नयाँ गठबन्धनमा सामेल हुने नहुनेबारे निर्णय गर्न अध्यक्ष चौधरीले प्रतिनिधिसभा र प्रदेश सभामा रहेका सांसदहरुको बैठक बोलाएका छन् । उनमुक्तिका प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १२ जना सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved