मिटरब्याज पीडित भन्छन्ः ‘खानेकुरा सबै भिज्यो, सरकारले नागरिकको व्यवहार गरेन’

नेपालभ्युज

मिटरब्याज पीडित भन्छन्ः ‘खानेकुरा सबै भिज्यो, सरकारले नागरिकको व्यवहार गरेन’
फाइल तस्वीर

काठमाडौं । मिटरब्याजी पीडितहरूले सरकारले आफूहरुलाई देशका नागरिकसरह व्यवहार नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतवार काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनका क्रममा उनीहरुले आफूहरु पीडित भएपनि सरकारबाट कुनै माग सम्बोधन नभएको बताए । पानीमा भिज्दै आन्दोलनमा होमिएका उनीहरुले सरकारले जनतालाई दया माया नदेखाएको आरोप लगाए ।

उनीहरुले काठमाडौंमा आफूहरुलाई बस्ने ठाउँ नभएको र आजको वर्षाले खानेकुराहरु सबै भिजेकाले के खाने भन्ने चिन्तासमेत थपिएको बताए । उनीहरुले आन्दोलनका क्रममा अस्वस्थ भइसकेको भन्दै सरकारबाटै आफू हेपिएको बताए । सरकारले आफैँले बनाएको कानून कार्यान्वयन नगरेको आरोप समेत लगाए ।

उनीहरुले भने, ‘हामी पीडित छौँ सरकार कुरा सुन्नै चाहँदैन । माया नै लाग्दैन । सरकार यति अन्धो भयो की हामी जनता हौँ भन्ने पनि सोचेन । कांग्रेस, एमाले, सिके राउतका नेता सबै नेताहरु आए तर काम कसैले गरेनन् । कामका लागि आएका भए एकै दिनमा काम गरिदिन्थे ।’

मिटरब्याज पीडितहरुले गत माग १६ गतेदेखि मिटरब्याज विरुद्धको न्याय मार्च झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट निकालेका थिए । अझै आफूहरुको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको भन्दै संघर्ष समितिका प्रवक्ता नविनले आक्रोश व्यक्त गर्नुभयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved