राष्ट्रियसभाका २० सदस्यको पदावधि सकिँदै, आज विदाइ कार्यक्रम

नेपालभ्युज

राष्ट्रियसभाका २० सदस्यको पदावधि सकिँदै, आज विदाइ कार्यक्रम

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्यको पदावधि आज सकिदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल सकिएसँगै उनीहरुको पदावधि सकिएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ सदस्य , नेपाली कांग्रेसका चार , नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकसहित राष्ट्रपतिबाट मनोनित एक गरी २० जनाको कार्यकाल सकिएको हो ।

आजदेखि कार्यकाल सकिएका २० ठाउँमा गत माघ ११ गते राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । एक जना भने राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ । नवनिर्वाचित सदस्यको सपथ कार्यक्रम भोलिलाई राखिएको छ ।

पछिल्लो निर्वाचनको परिणाम अनुसार राष्ट्रिय सभामा माओवादी पहिलो ठूलो दल बनेको छ भने कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा पुगेको छ ।

एमाले भने खुम्चिएर तेस्रो स्थानमा पुगेको छ । यसैबीच राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ६ वर्ष कार्यकाल पुरा गरेका सदस्यको आज विदाइ कार्यक्रम गर्दै छ ।

समितिको बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

आजबाट पदावधि सकिने सांसदको नामावली

नेकपा एमालेबाट कार्यकाल सकिनेमा– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र विमला राई पौड्याल।

नेपाली कांग्रेस– रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव।

माओवादी केन्द्र– विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी।

एकीकृत समाजवादी– नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा।

जसपाकी प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि कार्यकाल सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved