काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्न वर्षमानको आह्वान

नेपालभ्युज

काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्न वर्षमानको आह्वान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन् ।

प्रथम शहीद स्मृति वागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रताका साथ विकास भएको दाबी गरे ।

उदाहरण प्रस्तुत गर्दै उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको बताए ।

उनले गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तिप्र विकास भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको भन्दै युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

उपमहासचिव पुनले युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा र समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved