काठमाडौंका यी क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

नेपालभ्युज

काठमाडौंका यी क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । शनिबार काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आज हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको विद्युत सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म  अवरुद्ध हुनेछ ।

यस्तै आइतबार एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, सोमबार गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र मंगलबार गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved