विमान दुर्घटनामा ज्यान गुमाउनेको शव युक्रेनलाई हस्तान्तरण गर्न रूस तयार

नेपालभ्युज

विमान दुर्घटनामा ज्यान गुमाउनेको शव युक्रेनलाई हस्तान्तरण गर्न रूस तयार

काठमाडौं । बेलगोरोड क्षेत्रमा सैन्य आईएल–७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रूस तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

प्रक्रियागत दृष्टिकोणबाट आवश्यक पर्ने सबै कुरा तयारी अवस्थामा भएको रूसी मानव अधिकार आयुक्त तात्याना मोस्काल्कोभालाई उद्धत गर्दै रूसको आरआइए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ ।

विद्यमान प्रक्रियाहरू सल्टाएर शव हस्तान्तरण गर्न सकिने उनले बताए ।

जनवरी २४ मा, युक्रेनी सशस्त्र बलले बेलगोरोड क्षेत्रमा रूसी सैन्य यातायात विमान, आईएल– ७६ लाई गोली हानेको थियो ।

विमानमा ६५ जना युक्रेनी कैदीहरू आदान प्रदानका लागि सवार थिए । दुर्घटनामा कैदीहरूको साथमा तीनजना रूसी अधिकारीहरूका साथै छ जना चालक दलका सदस्यहरूले आफ्नो ज्यान गुमाएका छन् । –सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved