५ बलिउड बिहेभन्दा अम्बानीको एउटा विवाह महँगो, अनन्तको बिहेमा १ हजार करोड खर्च गर्दै

नेपालभ्युज

५ बलिउड बिहेभन्दा अम्बानीको एउटा विवाह महँगो, अनन्तको बिहेमा १ हजार करोड खर्च गर्दै

काठमाडौं । भारतका सबैभन्दा धनी व्यापारी तथा डलर अर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह बन्धनमा बाँधिदैछन् । दुवैको विवाह पूर्वको समारोह १ मार्चदेखि गुजरातको जामनगरमा सुरु हुँदैछ ।

बिहेमा विश्वकै धनी व्यक्तिहरु बिल गेट्स, मार्क जुकरबर्ग र बलिउड सेलिब्रेटीजस्ता धेरै अन्तर्राष्ट्रिय सेलिब्रेटीहरुको जमघट हुने भएको छ । रिपोर्ट अनुसार अनन्त-राधिकाको भव्य विवाहमा एक हजार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसअघि अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४०० करोड रुपैयाँ खर्च भएको थियो । इशाले विवाहमा ९० करोडको लेहेंगा लगाएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

जबकी बलिउड अभिनेत्री दीपिका पादुकोण र अनुष्का शर्माको विवाहको कुल बजेट ९०–९५ करोड रुपैयाँ थियो ।

बलिउडको कुरा गर्ने हो भने प्रियंका चोपडाले १५ करोड भारुको विवाहको पोशाक लगाएकी छिन् । फिल्म उद्योगमा सधैं अभिनेता तथा अभिनेत्रीहरुको विवाह खर्च सधैँ चर्चामा रहने गरेको छ ।

तर, अम्बानी परिवारको एउटा मात्रै विवाहको बजेट बलिउडका ५ सबैभन्दा महँगो विवाहको बराबर हुन्छ । –दैनिक भास्कर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved