लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

नेपालभ्युज

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आव्हानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजनसम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि छ । प्रदेश संसदको भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको पुनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved