सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान दलीय स्वार्थमा प्रयोग भएको प्रमाण छः गगन थापा

नेपालभ्युज

सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान दलीय स्वार्थमा प्रयोग भएको प्रमाण छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग राजनीतिक दलको प्रतिस्पर्धामा प्रयोग भएको प्रशस्त प्रमाण आफूसँग रहेको भएको बताए ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै महामन्त्री थापाले यस बारे चल्ने गरेको बजार हल्ला नभएर वास्तविकता रहेको दाबी गरे । यी दुई विभाग चल्ने छुट्टै कानुनी प्रावधान भएपनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको जिकिर गरे ।

‘कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउछन् भन्ने आरोप छ । राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएका उदाहरणहरु र प्रमाण छन्’ उनले भने, ‘बजारका हल्ला मात्रै हुन भन्ने सक्ने अवस्था छैन ।’

उनले कार्यकारी शक्ति हुनेहरूले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि बताए । उनले यी विभागहरू प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप पनि लगाए ।

‘सम्पत्ति शुद्धीकरण बेनामी उजुरीको आधारमा कसैलाई परिसानी गर्ने माध्यमको रुपमा काम गरेको बुझिन्छ’ उनले भने, ‘मुद्दा हेर्ने विषयमा मोलमोलाई हुन्छ भन्ने सुनिन्छ ।’

महामन्त्री थापाले राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गरे । उनले सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतितज्ञलाई दुःख दिने माध्यमको रुपमा काम गरेको आरोप लगाए ।

 उनले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझाव बमोजिम घर जग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved