पोर्नोग्राफी केसपछि शिल्पासँगको सम्बन्धबारे राज कुन्द्राले यस्तो बोले

नेपालभ्युज

पोर्नोग्राफी केसपछि शिल्पासँगको सम्बन्धबारे राज कुन्द्राले यस्तो बोले

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफी केसलाई लिएर चर्चामा आइरहन्छन् । जुन केसलाई लिएर उनले जेल जीवन समेत बिताए ।

यस केसपछि राज कुन्द्रालाई सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘पोर्न किंग’ को ट्याग समेत दिए । अहिले राज कुन्द्राले यसबारे बोलेका छन् ।

एक भारतीय पत्रिकालाई दिएको अन्तरवार्तामा राज कुन्द्राले यो केस चलिरहेको क्रममा एकदमै दुःख झेल्नुपरेको बताएका छन् । यस्तो किन भने उनी एक अभिनेत्रीका श्रीमान् थिए ।

उनले अगाडि भने, “यो केसकै कारणले शिल्पा शेट्टीका कयौं प्रोजेक्ट हातबाट निस्किएका थिए । जसले गर्दा मेरी श्रीमतीलाई धेरै नोक्सान भएको थियो । शिल्पालाई पोर्न किंगकी श्रीमती भनिन्थ्यो जसले मलाई पनि पीडा हुन्थ्यो ।”

अन्तरवार्ताकै क्रममा राज कुन्द्रासँग के तपाईंको यो केसपछि वैवाहिक सम्बन्ध बिग्रँदै थियो ? भनेर सोधिएको थियो ।

यो प्रश्नको जवाफ दिँदै उनले भने, “यस्तो केही भएको थिएन । किनकी मैले र शिल्पाले एकअर्कालाई राम्रोसँग जान्दथ्यौं । जब यो केसको बारेमा थाहा भयो, शिल्पाले यसलाई बकवास भएको बताएकी थिइन् ।”

सन् २०२१ उनीहरुका लागि एकदमै कठिन वर्ष भएको समेत राजले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved