भारतका राष्ट्रिय दलको आम्दानी सार्वजनिक, बीजेपी सबैभन्दा धनी

नेपालभ्युज

भारतका राष्ट्रिय दलको आम्दानी सार्वजनिक, बीजेपी सबैभन्दा धनी

काठमाडौं । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) ले भारतका राजनीतिक दलहरुकाे आर्थिक वर्ष २०२२-२३ को आम्दानी सार्वजनिक गरेको छ ।

प्रतिवेदनकाअनुसार छवटा राष्ट्रिय दलले एक वर्षमा तीन हजार ७७ करोड भारु आम्दानी गरेका छन् । जसमध्ये भारतीय जनता पार्टी (बीजेपी)को आम्दानी करिब २ हजार ३ सय ६१ करोड भारु छ।

एडीआरका अनुसार आर्थिक वर्ष २०२२-२३ मा छवटा राष्ट्रिय दलको कुल आयको ७६.७ प्रतिशत हिस्सा भाजपासँग छ।

कांग्रेसले चार सय ५४.३७५ करोड रुपैयाँ आम्दानी गरेको छ जुन यस सूचीमा दोस्रो स्थानमा छ । यो रकम छ दलको कुल आम्दानीको १४.७० प्रतिशत हो ।

कांग्रेसबाहेक बसपा, आम आदमी पार्टी, नेशनल पिपुल्स पार्टी र सीपीआई (एम)को पनि आय सार्वजनिक भएको छ ।

एनडीआरका अनुसार आर्थिक वर्ष २०२१-२२ र २०२२-२३ को बीचमा बीजेपीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। २०२१-२२ मा पार्टीको आम्दानी १ हजार ९ सय १७.१२ करोड थियो, जुन २०२२-२३ मा बढेर २ हजार ३ सय ६०.८४४ करोड पुगेको छ।

त्यसैगरी, आम आदमी पार्टीको आम्दानी २०२१-२२ मा ४४.५३ करोड रुपैयाँबाट बढेर २०२२-२३ मा ८५.१७ करोड रुपैयाँ पुगेको छ, जुन ९१.२३ प्रतिशतले बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved