वास्तु अनुसार भान्सा कोठा कुन दिशामा बनाउनु पर्दछ ?

नेपालभ्युज

वास्तु अनुसार भान्सा कोठा कुन दिशामा बनाउनु पर्दछ ?

एजेन्सी । अहिले जो कोहीले घर बनाउँदा वास्तुशास्त्रलाई ध्यानमा राख्ने चलन आएको छ । वास्तु शास्त्रमा घरका हरेक चीज राख्न तथा बनाउन सही दिशाको बारेमा बताइएको छ ।

आज हामी यहाँ वास्तुशास्त्रअनुसार घरको भान्सा कोठा कुन दिशामा बनाउँदा राम्रो हुन्छ भनेर जान्ने कोसिस गर्नेछौं ।

वास्तुशास्त्रमा भान्सा कोठाको महत्वपूर्ण स्थान हुन्छ । भनिन्छ यदि यस स्थानमा कुनै दोष भयो भने यसको प्रभाव खाना बनाउनेसँगै सम्पूर्ण परिवारमा पनि पर्दछ ।

भान्सा कोठा बनाउन घरको दक्षिण पूर्व दिशालाई शुभ मानिएको छ । यस दिशामा बनेको भान्साले घरको प्रगति हुन्छ भन्ने मान्यता छ ।

वास्तुअनुसार घरको उत्तरपश्चिम दिशामा पनि भान्सा बनाउन सक्नुहुन्छ । यसलाई पनि वास्तुमा शुभ मानिएको छ । यस दिशामा भान्सा बनाउँदा परिवारको स्वास्थ्य राम्रो बनिरहन्छ ।

सही दिशामा भान्सा बनाउँदा घरमा खुशियाली आउँछ । यसले घरको सुखशान्ति र परिवारमा प्रेम बनिरहन्छ भनिएको छ ।

भान्सामा खाना बनाउने बेला तपाईंको मुख सधैं पूर्व दिशामा हुनुपर्दछ । ग्यास वा चुल्होलाई पूर्व दिशातिर राख्नु राम्रो मानिन्छ ।

घरको उत्तरपूर्व दिशा अर्थात इशान कोणमा भान्सा कोठा बनाउनबाट बच्नुपर्दछ । वास्तुअनुसार यसलाई पूजापाठको स्थान मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved