अमिताभको दुर्घटनाले चम्किएको ज्याकी श्राफको भाग्य

नेपालभ्युज

अमिताभको दुर्घटनाले चम्किएको ज्याकी श्राफको भाग्य

काठमाडौं । अमिताभ बच्चनको दुर्घटना नभएको भए सायदै ज्याकी श्राफ बलिउडमा स्थापित हुने थिए । कसैको दुर्घटना कसैका लागि सुखद् घटना बन्दो रहेछ भन्ने तथ्य पनि हो यो ।

अमिताभलाई मृत्यु नजिक लैजाने दुर्घटना ज्याकीका लागि भने चम्किलो भाग्य बनिदियो । कुल्ली फिल्मको सुटिङ्ग सेटमा अमिताभ बच्चन यति ठूलो दुर्घटनामा परे उनलाई मेडिकली डेडसम्मको घोषणा गरियो ।

त्यो दुर्घटना अहिले पनि अमिताभ सम्झिन चाहदैनन् ।

उनी भन्छन् – कुल्लीको सेटको दुर्घटनापछि मैले दोस्रो नयाँ जीवन पाएको हुँ ।

अमिताभ बच्चन मृत्युको मुखबाट बाचेर आएको भन्दै कुल्ली हेर्न भारतभरीका हलमा दर्शक ओइरिए । दर्शकको भिड यति लाग्यो हलवालाले टिकट उपलब्ध गराउनै सकेनन् ।

तीन दिनसम्म हलमा कुर्दा पनि दर्शकले कुल्लीको टिकट पाउन सकेनन् । त्यही समयमा ज्याकी श्राफको डेब्यु सिनेमा हिरो पनि रिलिज भयो ।

भारतका हरेक फिल्म हलमा अमिताभको सिनेमा कुल्लीका लागि टिकट खोज्नेहरु मात्रै थिए । हलमा हिरोले भने दर्शकनै पाउन सकेन । कुल्ली हेर्न नपाएर निराश भएका दर्शक हिरो हेरेर भएपनि घर फर्किने भन्दै ज्याकी श्राफको फिल्म हेर्न  थाले । कुल्ली हेर्न नपाएपछि हलसम्म आएका दर्शकले ज्याकी श्राफको हिरोलाई पनि मन पराइदिए ।

सुभास घई निर्देशित लभ स्टोरीे हिरोका गीतले दर्शकको मन बिस्तारै जित्न थाल्यो ।

कुल्लीको टिकट सहजै पाइदिएको भए सायद हिरो फिल्मले त्यतिबेला पानी पनि माग्न नसक्ने अवस्था थियो ।

कुल्लीको छाँयामा परेको हिरोले तिनै कुल्लीका दर्शकको साथ पाएपछि ज्याकी श्राफ रातारात स्टार बने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved