अन्जु पन्त र प्रताप दासको ‘बादल भित्र’ सार्वजनिक 

नेपालभ्युज

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरबद्ध नयाँ गीति भिडियो ‘बादल भित्र’ सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ ।

बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन् ।

मोडलद्वय दिनेश बिष्ट हीर शाहीको  जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ ।

छायांकन प्रकाश खड्काको रहँदा मेकअपमा कविता टोलङ्गी र अस्मिता शाही छिन् । सम्पादन र  कलरमा क्रमशः लक्ष्मण चौहान र मिलान विश्वकर्माले गरेका छन् ।

यसअघि ‘मायाको खेलाइमा, हाँसाहाँसी, राजरानी’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेका  मोडल बिष्ट एक पछि अर्को गीतमा पनि फिट देखिएका छन् ।

फरक विधाका कथावस्तुमा अभिनयमा रुची राख्ने दिनेश यथार्थपरक अभिनयमा आफ्नो ध्यान रहने बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved