भारतीय नम्बरको गाडीको ठक्करबाट सर्लाहीमा दुई युवाको ज्यान गयो

नेपालभ्युज

भारतीय नम्बरको गाडीको ठक्करबाट सर्लाहीमा दुई युवाको ज्यान गयो
फोटो: गोरखापत्र

काठमाडौं । गाडीले मोटरसाइकललाई ठक्करदिदा सर्लाहीमा दुई युवाको मृत्यु भएको छ ।

हुलाकी सडक अन्तर्गत कौडेनामा गएराति भएको दुर्घटनामा रौतहटका १९ वर्षिय अजय महतो र २३ वर्षिय शियानन्द महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरीत दिशामा रहेको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको स्कारपियोले ठक्कर दिएको थियो । प्रहरीले ठक्कर दिने स्कारपियो नियन्त्रणमा लिएको छ । चालक भने फरार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved