आलसको बीज र चामलले कपाल बाक्लो बनाउने तरिका

नेपालभ्युज

आलसको बीज र चामलले कपाल बाक्लो बनाउने तरिका

एजेन्सी । अहिलेको समयमा कपालसँग जोडिएका समस्या अत्यधिक देखिन थालेको छ ।

यस्तोमा कपाललाई बलियो तथा बाक्लो बनाउन चाहनुहुन्छ भने आलसको बीज र चामलको पानीको प्रयोग गर्न सक्नुहुन्छ ।

आउनुहोस् जानौं यसका फाइदाका बारेमा–

चामल र आलसमा प्रोटिन, ओमेगा ३, भिटामिन बी, भिटामिन ई र इनोसिटोल जस्ता पोषक तत्वहरु पाइन्छन् जसले कपाललाई बलियो बनाउँछन् ।

कपाललाई लामो र बाक्लो बनाउनका लागि आलसको बीज र चामलको पानीको प्रयोग गर्न सकिन्छ । यसका लागि चामलको पानीमा आलसको पेस्टलाई मिसाउनुहोस् र कपालमा लगाउनुहोस् । अब उक्त लगाएको मिश्रणलाई आधा घण्टाका लागि छोड्नुहोस् र कपाललाई धुनुहोस् । यसमा हुने ओमेगा ३ र फाइबर जस्ता पोषक तत्वहरुले कपाललाई बाक्लो र बलियो बनाउँछन् ।

चामलको पानीमा बदामको तेल र आलसको पेस्ट मिसाएर लगाउँदा चायाँको समस्या पनि कम हुन्छ । त्यस्तै चामलको पानीमा आलसको पेस्ट मिसाएर मसाज गर्नुहोस् । यी दुबैमा भिटामिन बी र भिटामिन सी जस्ता पोषक तत्व हुन्छन् जसले कपाललाई जरैदेखि बलियो बनाउँछन् ।

त्यस्तै यदी तपाईं कपाल फुल्ने समस्याबाट छुट्कारा पाउन चाहनुहुन्छ भने पनि यो मिश्रणलाई लगाउन सकिन्छ । यसमा फ्याटी एसिड र भिटामिन ई पाइने भएकाले यसले कपाललाई कालो पनि बनाउँछ ।
यी सबै समस्याबाहेक चामलको पानी र आलसको बीजलाई मिक्स गरेर लगाउँदा कपाल मुलायम तथा चम्किलो पनि हुन्छ । कपालको सम्पूर्ण समस्याका लागि नै यो मिश्रण एकदमै प्रभावकारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved