धर्मेन्द्र बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर, १ वर्ष कैद सजाय

नेपालभ्युज

धर्मेन्द्र बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर, १ वर्ष कैद सजाय

काठमाडौं । क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत दाङका न्यायाधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

प्रहरीले बास्तोलाविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ बमोजिम कैद र जरिवानाको मागदावी लिई मुद्दा दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved