दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्बमाथि

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्बमाथि

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १३ दशमलव २८ अंकले बढेर १९९२ दशमलव ३० विन्दुमा पुगेको छ ।

आज ३१४ कम्पनीका ४९ हजार ९ सय ४० पटकको कारोबारमा ५९ लाख ८८ हजार ७ सय १७ कित्ता सेयर खरिद बिक्री गरिएको छ । जसमा कारोबार रकम भने २ अर्ब १७ करोड ७३ लाख ९ हजार ०६० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १४ अंकले बढेर ३५५ दशमलव ९५ को विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूको सबैभन्दा बढी कारोबार भएको छ ।

जसमा २४ लाख ५६ हजार ६ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम भने १ अर्ब १३ करोड १३ लाख ४५ हजार ४ सय ३० रुपैयाँ रहेको छ । भने, आज कर्पोरेट डिभेञ्चरहरुको कारोबार सबैभन्दा कम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved