मोटरसाइलले ठक्कर दिदा एकजनाको मृत्यु, दुईजना घाइते

नेपालभ्युज

मोटरसाइलले ठक्कर दिदा एकजनाको मृत्यु, दुईजना घाइते
सांकेतिक तस्वीर

काठमाडौं । सर्लाहीको गोडैतामा मोटरसाइकलले ठक्करदिदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

गोडैताबाट बकैनियातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा सडकमा हिडिरहेका ५० वर्षिय नागेन्द्र रायको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चक्रघट्टा गाउँपालिका–९ खोरिया टोलका रायलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रायसँगै पैदल यात्रामा रहेका ४५ वर्षीय पन्चलाल यादव र मोटरसाइकल चालक २३ वर्षिय श्याम राय घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved