एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

नेपालभ्युज

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

घोडाघोडी । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गङ्गाकुमारी चौधरी विजयी भएका छन् ।

मतदान गए राति सकिएको थियो । मतगणना भने शनिबार बिहान सकिएको हो । यही फागुन ६ गते अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । पाँच सय ९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा पाँच सय ७७ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved