डलरको मूल्य घट्दा पाउण्डको बढ्यो

नेपालभ्युज

डलरको मूल्य घट्दा पाउण्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ भने बेलायती पाउण्डको विनिमय दरमा वृद्धि भएको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद १६७ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा हुँदा बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved