एमालेको निस्कर्ष- सरकार कुटनीतिक मामिलामा चुक्यो, शिक्षामा उदांगो हस्तक्षेप भयो

नेपालभ्युज

एमालेको निस्कर्ष- सरकार कुटनीतिक मामिलामा चुक्यो, शिक्षामा उदांगो हस्तक्षेप भयो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसावले संकटग्रस्त बन्दै गएको पार्टीको ठहर रहेको बताए ।

उनले गठबन्धनले देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्‍याएको  पनि एमालेको निस्कर्ष रहेको बताए। उनले देशलाई संकटबाट मुक्त गर्न नेकपा एमालेले निर्णयक भुमिका खेल्ने बताए । उनले सरकारका गलत कामहरु र सरकारले चलाएको तस्करी र भ्रष्टाचारमार्फत खोलेको अर्को अनियमितताका कारण देश गहिरो आर्थिक मन्दीमा फस्दै गएको ठहर एमालेको रहेको पनि बताए ।

उनले तस्करी र भ्रष्टाचारमा मन्त्रीहरु नै मुछिए पनि सरकारले कारबाही गर्न नसकेको, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने मन्त्रीहरुलाई बर्खास्ती गर्न नसकेको बताए । उनले सरकारले १० लाखमा नागरिकको जीवन साट्ने काम गरेको बताए। उनले महंगी, मिसावटका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको पनि बताए । उनले सरकारको अकर्मण्यताका कारण भूकम्प पीडितले राहत नपाएर ज्यान गुमाउनु परेकाले सरकारले विशेष महत्व दिन आवश्यक रहेको बताए ।

पार्टीले सडक दुर्घटना बढ्दासमेत सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदांगो भएको, सरकार कुटनीतिक मामिलामा चुकेको निस्कर्ष पार्टीको रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved