कष्टकर यात्राको २३औं दिन काठमाडौं छिरे मिटरब्याज पीडित (तस्वीर)

कष्टकर यात्राको २३औं दिन काठमाडौं छिरे मिटरब्याज पीडित (तस्वीर)

काठमाडौं । मिटरब्याजविरुद्धको न्याय मार्च २३औं दिनमा संघीय राजधानी काठमाडौंको प्रवेश नाका थानकोट आईपुगेको छ । ६ वटा प्रदेशका २३ जिल्ला पार गर्दै मार्च थानकोट आईपुगेको हो ।

न्याय मार्चको तेस्रो चरण काठमाडौंमा गरिनेछ । बिहिबार सिंहदरबार मार्च थानकोटबाट सुरु गर्ने मिटरब्याज पीडितले बताएका छन् । मार्च थानकोटबाट सुरु भई कलंकी, कालिमाटीबाट त्रिपुरेश्वर, सहिदगेट हुदैँ सिंहदरबार पुग्नेछ ।

साथै, शुक्रबार ऐक्यवद्धता सभा गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमस्थल तय भने भइसकेको छैन । सभामा मिटरब्याज पीडित किसान, मजदुर, साना व्यवसायी र सबैखाले वित्तीय शोषणबाट उत्पीडितहरुका न्यायका लागी संस्थागत र व्यक्तिगत प्रतिनीधित्वहरुको सहभागिता रहेनछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved