चन्द्र भण्डारी भन्छन्- नेपालभित्रै नेपाली खोज्नुपर्ने अवस्था आयो

'कानून बनाउँ, गाँजा खेती गर्न दिउँ'

नेपालभ्युज

चन्द्र भण्डारी भन्छन्- नेपालभित्रै नेपाली खोज्नुपर्ने अवस्था आयो

काठमाडौं । सांसद चन्द्र भण्डारीले गाँजा खेती गर्न दिनुपर्ने बताएका छन् ।

बिहीबार बसेको संसद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “कानून बनाउँ, गाँजा खेती गर्न दिउँ,” उनले भने ।

अगाडि उनले भने, “न्यूयोर्क सिटीका मेयरले गाँजा खान दिन्छ । अनि हामीले खेती गर्नसम्म नदिने ? मुलुक कसरी माथि उठ्छ ? यसरी हुन्छ त ?”

यस्तै उनले नेपालभित्रै नेपाली खोज्नुपर्ने अवस्था आएको बताए । “अब त यस्तो भयो कि अवस्था, नेपालभित्रै नेपाली खोज्नुपर्ने भयो,” उनले भने ।

युवाहरू देशभित्रै रहने केही कार्यक्रमहरू अगाडि बढाउनुपर्ने उनले बताए । सरकारलाई उनको आग्रह छ, “केही गरौँ न, जसले युवाहरू देशमै रहून् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved