सल्यानमा चट्याङ लागेर ४ जना घाइते

नेपालभ्युज

सल्यानमा चट्याङ लागेर ४ जना घाइते

काठमाडौं । सल्यानको शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन् ।

चट्याङ्ग लागेर स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएका हुन् । जानकी र सुनिलको अवस्था गम्भीर छ भने अन्य दुईजनाको अवस्था सामान्य छ ।

घाइतेलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको वडाध्यक्ष जंगबहादुर बुढाले जानकारी दिए ।

बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved