गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि छ : झलनाथ खनाल

नेपालभ्युज

गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताएका छन् ।

बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे ।

पूर्वप्रधानमन्त्री खनालले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए । उनले देशले नयाँ कोर्षको माग गरिरहेको बताए ।

देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उनका भनाई छ ।

खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved