त्रिभुवन विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

अर्धठोस बनाएर ल्याइएको ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं आएका थिए ।

गफुरलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved