पानी जहाज थप्दै श्रीलंका

नेपालभ्युज

पानी जहाज थप्दै श्रीलंका

कोलम्बो ।  पर्यटन गतिविधि बढाउन श्रीलंकाले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलंकाको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

श्रीलंका पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले दिएको जानकारी अनुसार अधिकांश क्रुज जहाजहरू कोलम्बो बन्दरगाहमा र केही हम्बनटोटा र त्रिन्कोमाली बन्दरगाहमा रहने छन् ।

सामान्यतया प्रत्येक क्रुज जहाजमा करिब १,००० यात्रु बोक्ने क्षमताका हुनेछन् र ती जहाजहरू श्रीलंकाको बन्दरगाहमा करिब दुई दिनसम्म लङ्गर हुने अपेक्षा गरिएको बताउँदै यी पानीजहाज सञ्चालनले यस वर्ष पर्यटक आगमनको संख्या बढाउने उनको भनाइ छ ।

सार्वजनिक तथ्यांक अनुसार सन् २०२३ मा १४ लाख ८० हजारभन्दा बढी पर्यटकले श्रीलंका भ्रमण गरेका थिए । उक्त संख्या अघिल्लो वर्षको तुलनामा दुई गुणाले वृद्धि भएको देखिन्छ । सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved