२७ अंकले घट्यो नेप्से परिसूचक 

नेपालभ्युज

२७ अंकले घट्यो नेप्से परिसूचक 

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ ।

आज नेप्से परिसूचक २७ दशमलव २१ अंकले घटेर २०३४ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

आइतबार ३१५ कम्पनीका ९७ हजार १ सय ५ पटकको कारोबारमा १ करोड ७७ लाख २ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३५ अंकले घटेर ३६५ दशमलव २० को विन्दुमा पुगेको छ ।
आइतबार सबैभन्दा बढी कारोबार हाइड्रो पावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्ने सेक्टर कर्पोरेट डिभेन्चर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved