ऋण लिएपछि ऋणीले जसरी पनि तिर्नुपर्छ : ढुङ्गाना

नेपालभ्युज

ऋण लिएपछि ऋणीले जसरी पनि तिर्नुपर्छ : ढुङ्गाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंक तथा वित्तीय संस्थाका खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको बैंकिङ क्षेत्रको अवस्था, चुनौती र आगामी कार्यदिशा कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

उनले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढे पनि उक्त कर्जा नेपालमै रहेकाले नआत्तिनका लागि सबैलाई आग्रह गरेका छन् ।

कोभिडको समयमा बैंक तथा वित्तीय संस्थाबाट अत्यधिक कर्जा लगानी भएको र सोही कर्जा चुक्ता हुन नसक्दा अहिलेको समस्या आएको उनको भनाइ छ ।

“कर्जा कता गयो भनेर आत्तिनुपर्ने अवस्था छैन बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा नपालमै छ’’, उनले भने “कोभिड महामारीको कारण नेपालको बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको अनुपात ह्वात्तै बढेको हो ।’’

उनले सरकारी बजेटमा विकास खर्चको अन्यौलता देखिएको बताउँदै विकास खर्चमा जोड दिन सरकारलाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंककी कार्यबाहक गभर्नर निलम ढुंगानाले ऋण लिएपछि ऋणीजले जसैगरी तिनुपर्ने बताएकी छन् । ढुंगानाले लिएको ऋण ऋणीले तिर्न बाध्यात्मक हुनुपर्ने बताएकी हुन् ।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि रकमको अभाव देखिएको बताएकी छन् । यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको एनपिएल कम नै रहेको उनको भनाइ छ ।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने उनको भनाइ छ । पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिँदै जाने उनको दावी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved