सरकारले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउनु पर्छः कांग्रेस सांसद भण्डारी

नेपालभ्युज

सरकारले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउनु पर्छः कांग्रेस सांसद भण्डारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिएका छन् ।

दोलखाली पत्रकार समाजको संयोजनमा आयोजित शनिवार काठमाडौंमा आयोजित ‘नेपालमा हाईड्रोजन र कार्बन व्यापारीको चुनौति र अवसर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने बताए । पूर्ववनमन्त्री समेत रहेका उनले जलवायु परिवर्तनको नकारात्मक असर न्युनिकरणका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

सांसद भण्डारीले भने, ‘सुरक्षित कार्बन बजारमा नेपालले सहभागी हुनेगरी नियम र कार्यविधि बनाउनुपर्ने वा संशोधन गर्नुपर्नेछ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा हुने वार्ता र सम्मेलनहरुबाट समेत कार्बन व्यापारलाई उठाउनुपर्ने विशेष सन्दर्भ छ । नेपाल सरकारले भर्खरै हाइड्रोजन नीति समेत स्वीकृत गरेको छ । यसले नेपाल आफैँ कार्बन उत्सर्जनको कारण नभएपनि जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभाव न्युनिकरणमा लागि रहेको छ । सबैले लागि रहनुपर्दछ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले कार्बन व्यापारबाट नेपालले प्रशस्त लाभ पाउने भएकाले त्यसमा काम गर्ने शैली र लगानीको आवश्यक व्यवस्था मिलाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए। उनले वन विनाश रोक्ने र दिगो वन व्यवस्थापनको नीति लागू गर्दै अघि बढ्न सक्दा मात्रै नेपालले कार्बन व्यापारबाट प्रशस्त लाभ पाउन सक्ने अवस्था रहेको पनि बताए ।

सांसद राणाले भने, ‘हामीले वन संरक्षण र व्यवस्थापनबाट प्राप्त हुने कार्बन लाभबाट पनि पछि पर्नसक्छौं । वास्तविक कार्बन उत्सर्जन कम गरी कार्बन भुक्तानी पाउने काम हालको काम गर्ने शैली र राज्यबाट हुने लगानीले पर्याप्त हुन सक्दैन । त्यसका लागि नेपाल सरकारले वन विनाश रोक्ने र दिगो वन व्यवस्थापन नीति लागू गर्ने राजनीतिक प्रतिवद्धता र लगानीको प्रतिवद्धता जनाउन आवश्यक हुन्छ । कार्बन व्यापारबाट नेपालले प्रशस्त आम्दानी गर्ने अवसर छ ।’

सांसद जबराले दिगो वन व्यवस्थापनको काममा राजनीतिक दलहरुले प्रतिवद्धता पनि आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved