रुसी राष्ट्रपति पुटिनका सबैभन्दा ठूला विरोधी एलेक्सी नाभाल्नीको जेलमै मृत्यु

नेपालभ्युज

रुसी राष्ट्रपति पुटिनका सबैभन्दा ठूला विरोधी एलेक्सी नाभाल्नीको जेलमै मृत्यु

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा ठूला विरोधी एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार शुक्रबार जेलभित्रै हिँडेक्रममा उनी एक्कासी बिरामी परेका थिए । बेहोस भएका उनको त्यही मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।

डाक्टरहरु तुरुन्तै पुगेपनि बचाउन नसकिएको दाबी प्रशासनको छ । नाभाल्नीले १९ वर्षको जेल सजाय काटिरहेका थिए । उनी सन् २०२१ मा जेल परेका थिए ।

उनलाई आर्कटिकको सबैभन्दा कठोर जेलमा राखिएको थियो। त्यहाँ तापमान माइनस २८ डिग्रीसेल्सियससम्म हुन्छ । उनलाई चुनावबाट टाढा राख्न आर्कटिक जेल पठाइएको थियो ।

यसअघि नाभाल्नीलाई बेपत्ता पारिएको थियो । तर, पछि उनी साइबेरियाको जेलमा देखिएका थिए । पुटिनले अनेक षडयन्त्र गरेर नाभाल्नीलाई मारेको उनका आलोचकको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved