वास्तु अनुसार कुन दिशामा टाउको राखेर सुत्दा राम्रो फल पाइन्छ ?

नेपालभ्युज

वास्तु अनुसार कुन दिशामा टाउको राखेर सुत्दा राम्रो फल पाइन्छ ?

एजेन्सी । वास्तु शास्त्रमा सुत्ने बेला टाउको तथा खुट्टा राख्ने दिशा तय गरिएको छ । सही दिशामा सुत्दा शरीरलाई फाइदा हुने भनिएको छ ।

साथमा यसरी सुत्दा विभिन्न समस्याबाट पनि छुट्कारा पाउन सकिने शास्त्रमा उल्लेख छ ।

वास्तुका अनुसार सुत्ने बेला दक्षिण दिशातिर टाउको राख्नु राम्रो मानिन्छ । यस दिशामा सधैं टाउको राखेर सुत्दा विभिन्न लाभ पाउन सकिन्छ ।

सुत्ने बेला खुट्टा सधैं उत्तर दिशातिर राख्नु पर्दछ । यसबाहेक तपाईं पूर्वको दिशामा टाउको राखेर पनि सुत्न सक्नुहुन्छ । यो पनि राम्रो मानिन्छ ।

दक्षिण दिशामा टाउको राखेर सुत्दा सकारात्मक ऊर्जा प्राप्त हुने र मन पनि शान्त रहने बताइएको छ ।

वास्तुका अनुसार सही दिशाले तपाईंको मानसिक तथा शारीरिक स्वास्थ्यमा पनि असर पार्दछ । यही कारणले दक्षिण दिशामा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

त्यस्तै वास्तुमा दक्षिण दिशामा टाउको राखेर सुत्दा धन प्राप्तिको अवसर पनि बढ्छन् । तपाईंको जीवनमा खुशी आउँछ । साथमा शरीरलाई पनि ऊर्जावान बनाउँछ ।

वास्तुका अनुसार दक्षिण दिशामा टाउको राखेर सुत्दा निद्रा पनि राम्रो आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved